सिन्धुली । सिन्धुली होटल व्यावसायी संघको अध्यक्षमा सिताराम पहाडी निर्बिरोध निर्वाचित हुनुभएको छ ।
शनिबार सिताराम पार्टी प्यालेस सिन्धुलीमा भएको सिन्धुली होटल व्यावसायी संघको नवौँ साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा सिताराम पहाडी निर्बिरोध निर्वाचित हुनुभएको हो ।
अध्यक्षमा निर्वाचित पहाडी सिन्धुली फास्टफुड एण्ड क्याटरिङ सर्भिसका संञ्चालक हुनुहुन्छ ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चिन्तन चौतारी होटल एण्ड लजका रामहरी देवकोटा, उपाध्यक्षमा भ्याली भ्यू होटलका विजय कुमार बस्नेत, महासचिवमा कमलामाइ पार्टी प्यालेसका लाल बहादुर बुढाथोकी, सचिवमा के.एफ.सी एण्ड थकाली भान्सा घरका राजकुमार मौनाली, कोषाध्यक्षमा एकता होटलका लालमान तामाङ, सह कोषाध्यक्षमा रोजी होटलका रामचन्द्र बहादुर कार्की निर्बिरोध निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरूमा श्रेष्ठ तन्दुरी एण्ड गेष्ट हाउसका जगदिस श्रेष्ठ, प्रेम सागर होटलका प्रम बहादुर श्रेष्ठ, सन्ध्या होटलका धनमान तामाङ, मनकामना भोजनालय एण्ड गेष्ट हाउसका दिनेश भण्डारी, पाथीभारा होट एण्ड गेष्ट हाउसकी दुर्गा आचार्य, रोशन होटलकी कल्पना जर्घा मगर निर्बिरोध निर्वाचित हुनुभएको छ ।
यस्तै मनोनित सदस्यहरूमा आरती होटलका महेश भुषाल र ह्याङला होटलका कपेन्द्र कुमार लामा चयन हुनुभएको छ ।