२०८१ बैशाख ३, सोमबार | २०८१ मंसिर ६ | ourtourismnews@gmail.com

राप्ती सोनारी गाउँपालिका : कार्यक्रमका नाममा ब्रम्हलुट, गत आवमा झण्डै १० करोड खर्च

२०८१ बैशाख ३, सोमबार

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाले विभिन्न कार्यक्रमका नाममा झण्डै १० करोड खर्च गरेको पाइएको छ ।

स्रोतका अनुसार पालिकाले गत आर्थिक वर्ष २०७९/८० को चालु शिर्षक अन्तर्गत दुइ शिर्षक समावेश गरि झण्डै १० करोड रूपैँया खर्च गरेको पाइएको हो ।

पालिकाले राजनीतिक दलनिकटका कार्यकर्ता र पहुँचवालालाई विभिन्न कार्यक्रमका नाममा रकम निकाशा गरेको छ ।

पालिका अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत तथा विभिन्न शाखाका प्रमुखहरूले कमिसनको लोभमा विभिन्न संघ संस्थालार्इ कार्यक्रम दिने गरेकाे स्रोतले बताएको  छ ।

पालिकाले चालु शिर्षक तर्फ कार्यक्रमका नाममा १४ करोड २१ लाख ९५ हजार ४ सय ४० रूपौँया विनियोजन गरेकोमा ९ करोड ४० लाख १ हजार ६ सय ५८ रूपैयाँ अर्थात ६६।११ प्रतिशत खर्च गरेको छ ।

यस्तै दोस्रो शिर्षक विविध कार्यक्रम शिर्षक अन्तर्गत २५ लाख ५५ हजार बजेट बिनियोजन गरेकोमा १६ लाख ३६ हजार ३ सय ७० रूपौँया अर्थात ६४।०५ प्रतिशत खर्च गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख