
बाँकेको डुडुवा गाउँपालिको कार्यालयले इन्धनमा मात्रै गत आर्थिक बर्षमा झण्डै ६२ लाख रकम खर्च गरेको पाईएको छ।
पालिकाले इन्धन खर्चमा चरम दुरुपयोग गरेको पाईएको छ । इन्धनमा भएको खर्च विवरण मासिक वितरण प्रणालीअनुसार रहे पनि गाउँपालिकामा रहेका सवारीसाधनहरूमा विभिन्न समयमा प्रयोग भएको इन्धन खर्चको लगबुक नराखेको अवस्था छ। पालिकाले इन्धन खर्चको मापदण्ड नबनाई खर्च लेख्दा इन्धनमा व्यापक अनियमितता भएको देखिन्छ ।
गाउँपालिका कार्यालयमा पालिका अध्यक्षदेखि कार्यालय सहयोयीसम्मले आफ्नो सुविधाअनुसार इन्धनको खपत गर्दै आएका छन् ।
इन्धन भुक्तानीको विवरण हेर्दा भारतीय नम्बर प्लेटका गाडीदेखि निजी नम्बर प्लेटका गाडीहरूमा इन्धनको नाममा पेश भएको बिलअनुसार भुक्तानी गरिएको छ ।