२०८१ असार ४, मंगलवार | २०८१ माघ ४ | [email protected]

सगरमाथा राष्ट्रिय निकुञ्जले ११ महिनामा ५५ हजार बढी पर्यटकहरूबाट  १३ करोड बढी राजश्व सङ्कलन

२०८१ असार ४, मंगलवार

सगरमाथा राष्ट्रिय निकुञ्जले  चालु आवकाे ११ महिनामा १३ करोड ५९ लाख ६४ हजार २ सय ७ रुपैयाँ १८ पैसा राजश्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्ष २०८०\०८१ को साउनदेखि ज्येष्ठसम्म ११ महिनाको अवधिमा सो राजश्व सङ्कलन गरेको निकुञ्जका संरक्षण अधिकृत मनोजकुमार मण्डलले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षको सोही अवधिमा निकुञ्जको राजस्व १३ करोड ७८ लाख रहेको थियो । निकुञ्जको तथ्याङ्क अनुसार सोही अवधिको राजश्व सामान्य मात्र वृद्धि भएको छ ।

यस्तै चालु आर्थिक वर्ष ११ महिनाको अवधिमा ५५ हजार बढी पर्यटकहरूले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् ।

चालु आर्थिक वर्षको साउन देखि ज्येष्ठसम्म ५५ हजार नौँ सय ७९ जना आन्तरिक तथा बाह्य पर्यटकहरूले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका हुन ।

यस्तै गत वर्ष सोही अवधिमा ५६ हजार पाँच सय ६१ जना पर्यटकहरूले निकुञ्जको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख