२०८१ असार ८, शनिबार | २०८१ मंसिर ६ | ourtourismnews@gmail.com

बाँकेको डुडुवा गाउँपालिकामा चरम आर्थिक दुरुपयोग : मोटरसाइकल मर्मतमा २५ लाख बढी अनियमितता

२०८१ असार ८, शनिबार

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले मोटरसाइकल मर्मतका नाममा चरम आर्थिक दुरुपयोग गरेको पाईएको छ । पालिकाले आर्थिक वर्ष २०७९\ ८० मा सवारी साधन मर्मतका नाममा ३ वटा शिर्षक राखी बजेट खर्चगरेको भए पनि महालेखा परिक्षकको ६१ औँ प्रतिवेदनमा २५ लाख ३९ हजार रुपैँया अनियमित खर्च भएको उल्लेख भएसंगै गाउँपालिकाको आर्थिक अनियमितताको पाटो उदाङ्गिएको छ ।

पालिकाले पौडेल अटोपार्टस नेपालगञ्जमा कार्यालयको नाममा रहेको २३ वटा मोटरसाइकल बाहेक निजि मोटर साइकल मर्मत खर्च देखाएर २५ लाख ३९ हजार रुपैँया अनियमित्ता गरको हो ।

महालेखाले प्रदेश सरकारको सार्वजनिक खर्च व्यवस्थापन निर्देशिका २०७९ को नियम २७ मा सार्वजनिक निकायले गर्ने खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्ने गरी खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । इन्धन, स्टेशनरी मर्मत लगायतका शीर्षकमा अत्यन्त मितव्ययीता अपनाउनुपर्ने र त्यस्तो वस्तुको उपयोगमा किफायती ढंगले गर्नुपर्ने उल्लेख छ । तर डुडुवा गाउँपालिकाले सवारीसाधन मोटर साइकल मर्मत तर्फ  २९ लाख,९९ हजार खर्च गरेको छ ।

सभाको निर्णय बोजिम कार्यालयको नाममा रहेको प्रति मोटरसाइकल मर्मतको लागि रु २० हजारका दरले २३ वटा मोटरसाइकलको  ४ लाख ६० हजार भुक्तानी गर्नुपर्नेमा पौडेल अटोपार्टसलाई पटक पटक गरी कार्यालयका नाममा रहेको २३ वटा मोटर साइकल वाहेक निजि मोटरसाइकलको मात्र  २५ लाख ३९ हजार मर्मत खर्च भुक्तानी गरेको छ । अत पालिकाले कार्यालयको नाममा रहेको वाहेक निजि मोटर साइकल मर्मत खर्च दिएको २५ लाख ३९ हजार रुपैँया अनियमित देखाएको छ ।

गाउँपालिकाले गत वर्ष सवारी साधनका नाममा तिन वटा शिर्षक राखि ३२ लाख ९९ हजार १ सय ४० रुपैँया खर्च गरेको थियो ।

स्रोतका अनुसार सवारी साधन मर्मत खर्च अन्र्तगत पालिकाले पहिलो शिर्षकमा राजस्व बाँडफाँड र संघीय सरकार नगद अन्र्तगत २९ लाख ९९ हजार ४ सय ६० रुपैँया खर्च गरेको थियो ।
यस्तै दोस्रो शिर्षकमा नेपाल सरकार नगद अनुदान गन्र्तगत १ लाख ९९ हजार ६ सय ८० रुपौँया खर्च गरेको छ । र तेस्रो शिर्षकमा १ लाख खर्च गरेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित ख