अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी ए३३० जहाज सी-चेक प्रकरणमाको सबै कागजपत्र मागेको छ।
अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाज सी-चेकमा कम्पनी छनोटका सम्बन्धमा सबै विवरण तथा अनुसन्धान प्रतिवेदन १५ दिन भित्र बुझाउन भन्दै पत्र काटेको हो।
वाइडबडी सी-चेकमा कम्पनी छनोटमा आर्थिक हिनामिना भएको भन्दै उजुरी परेपछि अख्तियारले सबै कागजपत्रसहित अध्ययन प्रतिवेदन मागेको हो।