लुम्बिनी भ्रमणमा आउने आन्तरिक पर्यटककाे तुलनामा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ ।
सन् २०२४ को ६ महिनामा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भारतीय र तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा सन् २०२३ को ६ महिनाको तुलनामा वृद्धि भएको छ ।
लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०२४ को जनावरीदेखि जुन महिनासम्म भारतीय र तेस्रो मुलुकका २ लाख ४ हजार ६९४ जना पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् ।
लुम्बिनी घुम्न आउने मध्ये सबैभन्दा धेरै पर्यटक भारतीय रहेका छन् । पछिल्लो ६ महिनामा भारतबाट १ लाख ५२ हजार ५२० जना पर्यटक लुम्बिनी घुम्न आएका छन् ।
यस्तै तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या पनि बढेको छ । कोषका अनुसार पछिल्लो ६ महिनामा तेस्रो मुलुकबाट ९पासपोर्ट होल्डर० ५२ हजार १७४ पर्यटक लुम्बिनी घुम्न आएका छन् ।
आन्तरिक पर्यटकले भरिभराउ हुने लुम्बिनीमा यस वर्ष भने घटेका छन् । कोषका अनुसार पछिल्लो ६ महिनामा ३ लाख ४४ हजार ५२९ आन्तरिक पर्यटक लुम्बिनी आएका छन् । गत वर्ष यो अवधिमा ३ लाख ५५ हजार ८५० जना नेपालीहरु लुम्बिनी घुमेका थिए ।