
नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) कर्णाली प्रदेशको अध्यक्षमा निर्मल के .सी सर्वसम्मत निर्वाचित भएका छन् ।
नाट्टा कर्णाली प्रदेशको पहिलो वार्षिक साधारणसभा एवम् निर्वाचनबाट केसी सर्वसम्मत निर्वाचित भएका हुन । के.सी लामो समय देखि टुर, ट्राभल व्यवसायमा आबद्ध हुँदै आएका छन्।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा भएको नाट्टा कर्णालीको प्रथम अधिवेशनबाट उपाध्यक्षमा भानुभक्त खड्का, महासचिव दीपक बुढा, सचिव प्रेमकुमार विसी र कोषाध्यक्षमा प्रेम दराई सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा दीपक जैसी, वासना थापा, दिल बहादुर चौधरी र गौरव रेग्मी सर्वसम्मत निर्वाचित भएका छन् ।