
बाँकेको नेपालगञ्ज विपी चोकमा अवस्थित ‘हाम्रो सेकुवा घर’ पूर्णरुपमा सञ्चालनमा आएको छ ।
होटल क्षेत्रमा अनुभवी व्यक्ति गजेन्द्र थापाले सञ्चालन गरेको ‘हाम्रो सेकुवा घर’ सोमबार औपचारिकरुपमा उद्घारटन भएको हो ।
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रंग बहादुर खड्काले नयाँ वर्ष २०८२ को अवसर पारि सेकुवा घरको उद्घाटन गर्नुभएको हो । खड्काले होटल व्यवसायका एक अनुभवी व्यवसायीले संञ्चालन भर्नुभएको सेकुवा घरमा उपस्थित भइ सेवा गर्ने मौका दिन सबैमा आग्रह गर्नुभएको छ ।
पछिल्लो समयमा मानिसहरु स्वादिष्ट भोजनको खोजीमा रहेका छन । यही आवश्यकतालाई मध्यनजर गरि हाम्रो सेकुवा घरमा स्वच्छ, स्वस्थ, हाइजेनिक परिकारहरु पाइने सञ्चालक गजेन्द्र थापाले बताए ।
फरक पहिचान फरक स्वाद सहित संचालनमा ल्याइएको सेकुवा घरमा खाना, सेकुवा छोइला लोकल कुखुराका परिकार , पेय पदार्थहरु उपलब्ध छन् ।
अर्गानिक खाजाका परिकार तथा लोकल स्वास्थ्य परिकार चखाउने उद्देश्यका साथ सो सेकुवा घर सञ्चालनमा ल्याइएको हो। उत्कृष्ट स्वादका लागि सञ्चालनमा ल्याइएको उक्त सेकुवा घरमा स्थानीय परिकारको समेत व्यवस्था गरिएको छ।
सबै तह र तप्काका मानिसहरुका लागि यो सेकुवा घरका परिकारहरुको मूल्य पनि नेपाली बजार अनुसार तोकिएको छ ।