
हिमाल आरोहण व्यवस्थित गर्न पर्यटन विभागले खुम्बु क्षेत्रमा अस्थायी कार्यालय सञ्चालन गरेको छ ।
सन् २०२५ को वसन्त ऋतुमा हुने पर्वतारोहण व्यवस्थित र सहजीकरणका लागि विभागले कार्यालय सञ्चालनमा ल्याइएको हो ।
पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिकोे वैशाख ४ गते बसेको बैठकले खुम्बु क्षेत्रमा हुने हिमाल आरोहण गतिविधि व्यवस्थित एवं मर्यादित बनाउन अस्थायी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।