| २०८२ जेष्ठ २८ | [email protected]

कर्णालीका होटल व्यवसायीहरूलाई आतिथ्यता व्यवस्थापन तालिम

२०८२ जेष्ठ ८, बिहीबार

आठ जिल्लाका ४० जना सहभागी, होटल व्यवसायी महासंघ नेपालको संयोजनमा कार्यक्रम सम्पन

दिपक जैसी /सुर्खेत

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र होटल व्यवसायी महासंघ नेपालको संयोजनमा होटल व्यवसायी महासंघ नेपाल कर्णाली प्रदेश शाखाद्वारा आयोजना गरिएको दुई दिने आतिथ्यता व्यवस्थापन तालिम सुर्खेतमा सम्पन्न भएको छ।

होटल व्यवसायीको पूर्वाधार, समृद्धि, पर्यटन प्रवर्द्धन र अतिथि सत्कारू भन्ने मूल नाराका साथ आयोजित सो तालिममा कर्णाली प्रदेशका आठ जिल्लाबाट ४० जना होटल तथा पर्यटन व्यवसायीहरू सहभागी भएका थिए। उनीहरूलाई आतिथ्य, सेवा तथा कर प्रणाली सम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।

तालिममा विकास सिलवाल, रमेश प्रसाद उपाध्याय र आन्तरिक राजस्व कार्यालय सुर्खेतका कर अधिकृत यज्ञ ढकालले विभिन्न सत्रहरूमा प्रशिक्षण दिनुभएको थियो ।

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेले प्रशिक्षणमार्फत क्षेत्रीय व्यवसायीहरूमा क्षमता अभिवृद्धि हुँदै गएको बताउँदै पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभएको थियो ।

यस्तै महासंघका पूर्व अध्यक्ष तथा संरक्षक अमृत बहादुर भुजेलले तालिमले आतिथ्य संस्कृतिको सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी लघु औद्योगिक ग्राम सुर्खेतका अध्यक्ष उदिराम डाँगी, अन्य वरिष्ठ अतिथि, संघका पदाधिकारी र प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तालिमपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमको समापन होटल व्यवसायी महासंघ नेपाल कर्णाली प्रदेश शाखाका अध्यक्ष तर्क बहादुर शाहीले दिनुभयो। उहाँले कर्णाली प्रदेशको पर्यटन विकासमा यस्ता तालिमले महत्वपुर्ण भूमिका खेल्ने भन्दै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित ख