| २०८२ जेष्ठ २१ | [email protected]

बागमती प्रदेशका होटल व्यवसायीहरुलाई ३ दिने डिजिटल तालिम दिइने

२०८२ जेष्ठ १७, शनिबार

बागमती प्रदेशका साना तथा मझौला होटल व्यवसायीलाई लक्षित गरी तीन दिने डिजिटल क्षमता अभिवृद्धि तालिम सञ्चालन हुने भएको छ।

नेपाल पर्यटन बोर्ड र होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको संयुक्त आयोजना र होटल व्यवसायी संघ चितवनको सह आयोजनामा ३ दिने डिजिटल क्षमता अभिवृद्धि (Digital Capabilities Enhancement) तालिम सञ्चालन हुने भएको हाे ।

बागमती प्रदेश अन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा यस प्रदेश अन्तर्गत रहेर होटल व्यवसाय सञ्चालन गरिरहेका साना तथा मझौला होटल व्यवसायीहरुलाई लक्षित गरेर दिन लागिएको उक्त तालिमको उद्घाट भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले गर्नुहुने आयोजकले जनाएको छ ।

तालिममा बागमती प्रदेश अन्तर्गतका खासगरी सिन्धुली, मकवानपुर, धादिङ्ग र चितवन गरी ५० भन्दा बढी होटल व्यवसायीहरुको सहभागिता रहने बताउँदै यस प्रदेश अन्तर्गतका अन्य जिल्लाका व्यवसायीहरु समेत सहभागी हुन सक्ने होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपालले बताउनु भएको छ ।

सम्बन्धित क्षेत्रका ख्याति प्राप्त प्रशिक्षकहरुद्वारा प्रशिक्षण दिईने उक्त तालिम यही जेष्ठ २० गतेदेखि शुरु भई ३ दिनसम्म सञ्चालन हुने आयोजक बागमती प्रदेश संघले जनाएको छ ।

तालिमबाट यस प्रदेशमा व्यवसाय गरिरहेका होटल व्यवसायीहरुले आफ्ना व्यवसायलाई डिजिटल प्रविधिका माध्यमबाट नेपालभर र विश्वभरि नै प्रचार प्रसार गर्नुका साथै आधुनिक युगको पहिलो प्राथमिकतामा परेको डिजिटल मार्केटिङलाई प्रयोग गरी व्यवसाय प्रवद्र्धन गर्न सक्षम हुने विश्वास गरिएको छ ।

त्यसैगरी आफ्ना व्यवसायको प्रचार प्रसार मात्र होइन व्यवसायलाई प्रविधि मैत्रि बनाउँदै व्यवसायको व्यवस्थापनलाई समेत चुस्त बनाउन उक्त तालिमले सहयोग गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख