
पछिल्लो अा.व काे ११ महिनामा रसुवा घुम्ने पर्यटक बढेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रमा ४२ हजार २ सय ३० आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
निकुञ्जका अभिलेखकर्ता रेञ्जर केशव ढौडारीका अनुसार स्वदेशी ३० हजार ७ सय ५० र बाँकी ११ हजार ४ सय ८० विदेशी नागरिक गत साउनदेखि जेठ मसान्तसम्ममा रसुवा जिल्ला घुम्न आएका हुन्। गत आर्थिक वर्ष रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या ३२ हजार ५ सय ९७ रहेको निकुञ्जले जनाएको छ।
प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको हिसाबले धनी एवं रमणीय लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।