
नेपाल बैंकले भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडलाई लिलामीमा राखेको छ । बैंकको काठमाडौं बैंकिङ अफिसबाट कर्जा लिएको भोटेकोशी हेली रिसोर्टले साँवा, ब्याज नियमित नगरेपछि लिलामी प्रक्रिया अघि बढाएको हो ।
कर्जा चुक्ता गर्न पटक-पटक ताकेता गरेपनि बेवास्ता गरेपछि बैंकले ३५ दिन भित्रमा कर्जा तथा सुविधा बापतको रकम भुक्तान गर्न ताकेता गरेको हो । उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा कम्पनी, साझेदार तथा सञ्चालक र सेयरधनीहरुलाई समेत कालोसूचीमा नाम समावेश गर्न आजैबाट प्रारम्भ भएको बैंकले जनाएको छ ।