
भैरहवा– भैरहवा नाकाबाट मे महिनासम्म ५० हजार ६ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो नाका हुँदै सन् २०२४ को सोही अवधिमा ४४ हजार ७०० विदेशी पर्यटक भित्रिएका थिए ।
गत वर्षभन्दा यस वर्ष विदेशी पर्यटक आवागमन वृद्धि भएको र पाँच महिनामा पाँ हजार ८६९ बढी पर्यटक आएको अध्यागमन कार्यालय भैरहवाका सूचना अधिकारी एवं कार्यालयका निमित्त प्रमुख पुकार श्रेष्ठले बताए ।
चालु वर्षको पाँच महिनामा यो नाका हुँदै ४९ हजार ९०० पर्यटक बाहिरिएका छन् । यो नाकाबाट सन् २०१८ मा सर्वाधिक पर्यटक भित्रिएका थिए । सो वर्ष एक लाख ६६ हजार २३५ पर्यटक आएका थिए । जुन हालसम्मकै सर्वाधिक हो । त्यसपछि भने स्थलमार्ग हुँदै पर्यटक आवागमन निरन्तर ओरालो लागेको थियो ।