| २०८२ श्रावण २ | [email protected]

पनौती पर्खंदै पर्यटक

२०८२ जेष्ठ ११, आईतवार

काठमाडौँबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पनौती पर्यटकीय हिसाबले महत्त्वपूर्ण गन्तव्य हो ।

महाभारत पर्वत शृङ्खलाको फेदीमा फैलिएको छ, पनौती । नाला, बनेपा हुँदै बग्ने पुण्यमती र फुलचोकी डाँडातर्फबाट आएको रोशीखोलाको सङ्गममा रहेको पनौती इतिहास, पुरातत्व, सम्पदा, संस्कृति र प्रकृतिले धनी छ ।

नेवारी परिकार परम्परामा यःमरी उच्च स्थानमा छ । यःमरीको उद्भव स्थलसमेत मानिन्छ, पनौती । त्यहाँ यःमरीको स्तम्भ नै बनाइएको छ । त्यहाँका पाहुनाघरमा हरेक दिन यःमरी पाक्छ । बाह्रबर्से मकरमेलाले पनौतीलाई धार्मिक गन्तव्यका रूपमा समेत परिचित बनाएको छ ।

पनौतीवरपरका गाउँबस्तीले कृषि र पर्यटनमा उन्नति हुँदै छ । तिनै बस्तीको बिचमा पनौती छ । पनौतीवरिपरिका डाँडा यतिबेला रिसोर्ट र होटेलले भरिन थालेका छन् ।

कुशादेवी, शङ्खु, बल्थली, चामखर्कका गोरेटा, देउराली, भन्ज्याङ र चौतारीमा पर्यटक देखिन थालेका छन् । पनौतीनजिकै पूर्वतर्फको अर्काे पर्यटकीय केन्द्र हो, नमोबुद्ध । बौद्ध धर्म सम्प्रदायका लागि मात्र होइन; आममानिसका लागि घुम्नैपर्ने स्थलका रूपमा रहेको छ, नमोबुद्ध ।

प्रतिक्रिया

सम्बन्धित ख