
चन्द्रकोट गाउँपालिकाभित्रका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रवर्धन गर्न नेपाल पर्यटन बोर्डसहित गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालको टोली चन्द्रकोट गाउँपालिका–४ को टिमुरे सामुदायिक होमस्टेमा पुगेको छ ।
टोलीलाई पालिकाभित्रका पर्यटकीय गन्तव्यहरूको परिचय, सम्भावना, खोजी र दिगोपना विषयमा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्रीले जानकारी गराउनु भएको थियो ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा, गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपालका अध्यक्ष शकुन्तला देवकोटासहितको टोलीले चन्द्रकोटका पर्यटकीय क्षेत्रहरुको अध्ययन तथा अवलोकन गरेको गाउँपालिका अध्यक्ष खत्रीले बताउनुभयो ।
चन्द्रकोट गाउँपालिकामा ऐतिहासिक चन्द्रकोट, टिमुरे ताल, टिमुरे होमस्टे लगायतका पर्यटकीय क्षेत्र रहेका छन् । कार्यक्रममा होमस्टेका परिकारहरुको स्वागत तथा स्थानीय संस्कृतिहरु प्रर्दशन गरिएको थियो ।