| २०८२ श्रावण २ | [email protected]

वैकल्पिक पदमार्ग नहुँदा पर्यटकलाई सास्ती

२०८२ जेष्ठ २२, बिहीबार

तीन साता लामो अन्नपूर्ण चक्रीय पदमार्गको यात्राबारे पर्यटक सुनेर, पढेर र देखेर अनेक कल्पना गरेका हुन्छन् । सुन्दर हिमालको काखमा हिँड्दा स्वर्गीय आनन्द हुने परिकल्पना गर्न स्वाभाविकै हो ।

नेपालको हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा पर्यटकले धुलो खानुपर्ला भन्ने कुरा सपनामा पनि देखेका हुँदैनन् । तर सडक सञ्जालले मनाङलाई नजिकै ल्याउँदा पदमार्ग हराउँदै गएकोमा कसैको पनि ध्यान गएको पाइँदैन ।

मनाङमा २८ वर्षको अवधिमा गत वर्ष सबैभन्दा धेरै ३० हजार ८ सय ६६ पर्यटक मनाङ पुगेका छन् । यति धेरैको सङ्ख्यामा पर्यटक भित्रनु र पदमार्ग नासिँदै जानु पक्कै पनि सकारात्मक कुरा भने होइन । गाउँको बाटो मासिएर बनेको सडकले मनाङीको जनजीवन सहज बनाए पनि वैकल्पिक पदमार्ग नहुँदा हिमालको काखसम्म पुग्ने हजारौं पर्यटक गाडी छल्दै धुलाम्मे सडकमै हिँड्न बाध्य छन् ।

अहिले पनि चलनचल्तीको बाटो अनुसार नै लमजुङको बेँसीसहरबाट हिँड्दै मनाङ पुग्ने योजना बनाएका पर्यटकले नागबेली बाटो, चिटिक्क गाउँघर, स्वच्छ हावा, सफा मस्र्याङ्दी सुसाएको सुमधुर ध्वनि सुन्दै उकालो लाग्ने कल्पना गछन् । तर विडम्वना, बेँसीसहर छाडेको केही समयमै रुमालले अनुहार ढाक्न बाध्य पार्छ । बाटोमा हुइँकिएर आएको बोलेरो लगायतका सवारी साधनले उडाएको धुवाँ र धुलो छल्न हम्मेहम्मे पर्छ । अनि धुलोमै रन्थनिँदै यात्रा गर्नुपर्ने बाध्यताले हैरानी पारेको छ पर्यटकलाई ।

प्रतिक्रिया

सम्बन्धित ख