| २०८२ आश्विन २४ | [email protected]

पर्यटकको आकर्षक सिजनमा नेपाल घुम्ने पर्यटक घटे

२०८२ आश्विन २२, बुधबार

पर्यटकको आकर्षक सिजन मानिने सेप्टेम्बर महिनामा नेपाल घुम्न आउने पर्यटकको संख्या भने घटेको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७ सय ११ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले कम हो।

सामान्यतया सेप्टेम्बर र अक्टोबरमा नेपाल आउने पर्यटकको संख्या निकै उच्च रहने भए तापनि यस वर्षको कमीको मुख्य कारण जेन जी आन्दोलनलाई मानिएको छ।

सेप्टेम्बर महिनामा नेपाल आएका कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै रहेको छ। यस महिना १५ हजार ५ सय ५६ भारतीय पर्यटक नेपाल आएका थिए, जुन कुल आगमनको १९।८ प्रतिशत हो। त्यसैगरी, दोस्रो स्थानमा अमेरिकी पर्यटक रहेका छन्।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार ९ हजार ६७९ अमेरिकी पर्यटक सेप्टेम्बरमा नेपाल आए, जुन कुल आगमनको करिब १२ प्रतिशत हो। अन्य प्रमुख देशहरूबाट आउने पर्यटकहरूको संख्यामा अस्ट्रेलियाबाट ६ हजार ८ सय २४, चीनबाट ५ हजार २ सय ३७ र बेलायतबाट ४ हजार ९ सय ८१ जना रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख