
कर्णाली प्रदेश भ्रमणमा आएका बागमती प्रदेशका हाेटल तथा पर्यटन व्यवसायी संघ नेपालका अध्यक्ष दामोदर नेपाललाई कर्णाली प्रदेशका होटल व्यवसायी संघका अध्यक्ष तर्क बहादुर शाही तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूले विशेष स्वागत गरेका छन् ।
भेटका क्रममा दुवै प्रदेशका होटल व्यवसायीबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी भएको छ ।
सहकार्य अन्तर्गत दुवै प्रदेशले होटल सेवाको गुणस्तर सुधार, आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका कार्यक्रम सञ्चालन र पर्यटन प्रचार–प्रसारमा संयुक्त पहल गर्ने जनाएका छन् ।
बागमती प्रदेशका अध्यक्ष नेपालले कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्य, संस्कृति र पाहुना सत्कारको परम्परा नेपालकै पर्यटनको मुख्य आकर्षण बन्न सक्ने बताउँदै, कर्णालीमा लगानीका अवसरहरू पहिचान गर्न आग्रह गरे ।
त्यसैगरी, कर्णाली प्रदेश होटल व्यवसायी संघका अध्यक्ष शाही तथा जिल्ला हाेटल संघका प्रतिनिधिहरूले बागमतीसँग अनुभव आदान–प्रदान, तालिम, प्रवर्द्धन र सामूहिक अभियान सञ्चालन गर्ने योजना अघि सारेका थिए ।
दुई अध्यक्षले कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्य, संस्कृति र सम्भावनाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनमा ठूलो भूमिका खेल्ने हुदा संयुक्त रूपमा प्रचार–प्रसार र लगानीको आवश्यकता रहेकाे औंल्याए ।
दुवै संघका अध्यक्षकाे भेटले प्रदेशबीच आपसी सम्बन्ध बलियो पार्दै नेपालभित्रै आन्तरिक पर्यटनको सञ्जाल विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।