नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरमा आठौं नेपाल राइडर्स मिट हुने भएको छ।
नेपाल पर्यटन बोर्डको सभा हलमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आगामी फागुन २ देखि ४ गतेसम्म ललितपुरको गोदावरी २ स्थित चापखर्कमा नेपाल राइडर्समिट हुने आयोजक द हिमालयन मोटरसाइकल एक्सपेरियन्सका संयोजक अर्जुन थापाले जानकारी गराएका छन्।
उक्त कार्यक्रममा नेपालसहित भारत, भुटान र म्यानमारलगायतका मुलुकबाट ५५० भन्दा बढी राइडर सहभागी हुने समेत संयोजक थापाले जानकारी गराएका छन्।


