२०७७ पुष २४, शुक्रबार | २०८१ मंसिर ९ | ourtourismnews@gmail.com

कोभिड १९ : बेरोजगार बनेका पथप्रर्शक र अन्यवलमा परेका पर्यटन संघसंस्थाहरुको भविष्य

२०७७ पुष २४, शुक्रबार

शर्मिला लामा
टुर गाइड

गत वर्ष सन् २०१९ को अन्त्यसँगै चीनको उत्तरी शहर वुहानमा देखापरेको कोरोना भाइरस एक संक्रमीत भाइरस हो । डिसेम्बर १७ पहिलो पटक देखा परेकोे यस प्रकारको संक्रमित भाइरस छोटो समयअवधिमा नै चीनको विभिन्न शहर हुदैं क्रमश संसारका सबै राष्ट्रहरुमा तिब्र गतिमा फैलिएको थियो । यसरी छोटो समय भित्र विश्वब्यापी रुपमा फैलन सफल यो भाइरस शुरुमा रुघाखोकी र घाँटी दुख्ने जस्ता समान्य रुपमा देखापरे पनि लक्षण बिस्तारै भयावह हुनजाने र समयमै ख्याल नगरेमा ज्यान समेत लिने यस माहामरीबाट अन्य देशहरु झैँ नेपाल पनि अछुतो रहन सकेन ।

विश्वको अन्य देशमा जस्तै आक्रमक रुपमा फैलिएको आत्माघाती संक्रमणले आक्रान्त बनेको हाम्रो दैनिक जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष्य रुपमा सामाजिक साँस्कृतिक तथा धार्मिक सकंट, भौगोलिक संकट आर्थिक संकट निम्त्याएका छन् । ब्यापार व्यावसाय ठप्प रहँदा पनि घर भित्रै बसेर भाडा तिर्नुपर्ने ब्यवसायीको पीडा, चालु अवस्थामा रहेको संघ संस्था र बजार बन्द हुँदा दिनभरी काम गरेर बिहान बेलुका हातमुख जोड्ने मध्यम र तल्लो स्तरका श्रमजीवीहरुमा दैनिक रुपमा भएको आर्थिक भार माथी भएको सानोतिनो रोजगारी पनि गुमाउनु पर्दा बेरोजगारीको थप संकटले रोग भन्दा भोक ठुलो हो भन्ने मनिस्थिती मा सहरी जीवन ग्रसीत भइरहँदा शारिरिक तथा मानसिक रुपमा कमजोर भई धेरै स्थानहरुमा अत्माहत्याको घट्नाहरुले समेत निकै भयावह रुपले सामाजिक स्थान लिइसकेको छ ।

यसै माहामारीको कारण विक्षिप्त बनेको देशकै आर्थिक स्रोतको मेरुदण्डको रुपमा रहेको पर्यटकीय क्षेत्रमा प्रत्यक्ष्य रुपमा असर परेको हुँदा एकातिर यस क्षेत्रमा दशकौ ंदेखी आवद्ध संघसस्ँथा र कामदारहरुको जीवन तहसनहस भैसकेको छ भने अर्कोतिर राज्यले पनि विदेशी पर्यटक भित्र्याउन पाउँदाको कर मार्फत असुल्ने रकम गुमाउनु पर्दा घाटाको ठुलै मुल्य चुकाउनु परेको छ । कोरोना माहामारीको सुरुवाती चरणबाट बिस्तारै असर देख्न थालेको यस क्षेत्रमा यस माहामारीकै कारण पर्यटक ब्यवसायी र श्रमजीवीको जीवन धरापमा पर्छ भन्ने कुरा कसैको सोचभन्दा बाहिरको कुरा हुनु र माहामारीले बिश्वव्यापी रुप लिदैं जाँदा जीवन अकल्पनिय बन्दै गइरहेको छ ।

सिजन अनुसार काम गरेर अफसिजनमा सम्बन्धित आवस्यक सिप र भाषाको विकास गर्दै यही क्षेत्रमा बर्षौ ंदेखी मासिक लाखौंको भाडा तिरेर बिदेशी पाहुनाको सेवामा तल्लीन प्रतिष्ठत ्होटल ट्राभल तथा ट्रेकिड. र यसैमा सम्बन्धीत अन्य सम्पुर्ण ब्यवसायी, गाइड, पोर्टर, भर्खरै आवस्यक सम्भावित भाषाको तालीमको साथमा पथप्रदर्शक अनुमति पत्र लिइ तयारी पुर्वक यस क्षेत्रमा प्रवेश काम सुरु गरेका, चर्को बैंकिङ तथा वित्तिय सुविधा लिइ भर्खरै यसै क्षेत्रमा लागेका नव व्यवसायी जस्ता सबै खालको पर्यटक मजदुरहरुको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको हुँदा सबैजसो ब्यक्तीहरु पुरानै थलोमा फर्केर परम्परागत खेती गर्न बाध्य देखिन्छन् र कतिपय चाहीं बैकल्पीक रोजगारको खोजीमा भौतारीरहँदा दिनानु दिन बढ्दै गैरहेको कोभिडको कारण सरकारी निषेधाज्ञाले आन्तरिक यातायात समेत ठप्प रहँदा घर बाहिर निस्कन नपाउनुको पीडाको साथमा स्थानिय सम्पुर्ण ब्यापार ब्यासाय संघसँस्था बन्दाबन्दीको कारण ति कम्पनीहरुले तत्काललाई पुरानै कामदारलाई पनि आधा स्केल तलब र केहीलाई विस्थापन गरेको यस अवस्थामा जताततै श्रमको मुल्य शुन्यमा झरेको छ ।

यस्तो श्रम संकटको समयमा पर्यटन क्षेत्रमा विस्थापित भएर नयाँ क्षेत्रमा केही गर्न सक्छु कि भन्ने आशामा हिड्नु हामी एक किसिमको आधुनिक मुर्ख जस्तै बन्नु परेको छ । सरकारी तवरबाट स्वास्थ्य क्षेत्रमा सामान्य मात्रमा जनचेतना फैलाउने कार्य र ठाउँठाउँमा केही पुर्वाधारहरुको ब्यवस्थापन गरे पनि वातवरण मैत्रिय र बस्न योग्य नहुँदा यही ठाउँ संक्रमणको जरा बन्नपुगेको र नियमपुर्वक १४ दिन क्वारेन्टाइन मा बसेर कोरोना नतिजा नेगेटीभको प्रमाणपत्र बोकेर घर फर्केको ३, ४ दिनमा मृत्युको सिकार बन्नपुगेको कुरा सर्बविदित नै छ । कोरोना चेकअपको नतिजा हस्पिटलपिच्छे फरक आउने जनगुनासो चारैतिर फैलिरहँदा कोरोना जाँचको पद्धतिलाइ पनि कतिपय सरकारी र प्राइभेट अस्पतालहरुले त नाफामुखी ब्यावसाय झैं बेला बेलामा निति र नियम परिवर्तन गरेर मान्छे आकर्षित गराउने खेल खेलेको देख्दा यस प्रकारको खेलमा पनि पिडीत जनता नै मारमा परेको देखिन्छ ।

विश्व माहामारीले उब्जाएको पर्यटकीय क्षेत्रको यस विकराल परिस्थीतीलाई कम गराउन पर्यटन क्षेत्रमा आवद्ध र कार्यरत सम्पुर्ण वर्गलाई समेटेर राज्य बाट कुनै किसिमको विशेष कार्यन्वयनको योजना तथा परियोजनाको केही ब्यवस्था गरेको देखीदैंन । उल्टो राज्यको ढुकुटी रित्याएर आकस्मीक कोरोना कोषको नाममा करोडौं बजेटको निकास गरी कुनै लेखाजोखा नै नराखी भित्रभित्रै मौलाएको भ्रष्टाचारीलाई अझ मलजल गरेको पाइन्छ भने जनताले सरकारको तर्फबाट एक सेट मास्क र स्यानीटाइजर समेत राहत पाएको छैन । सामान्य रुघाखोकी अथवा अन्य रोग लागेर हस्पिटल भर्ना भएको बिरामीलाई पनि उचित उपचारको आभावमा ज्यानगुमाउनु परेको छ ।

विश्वब्यापी रुपमा अझैपनि प्रत्यक सेकेन्ड सेकेन्डमा आक्रमक रुपमा फैलिरहेको यस माहामारीको निराकारणको लागी विश्वका प्रचलीत अक्सफोर्ड विश्वविद्यालयको विद्यार्थीहरु लगायत युरोप तथा अमेरिकाको बैज्ञानिकहरुको संलग्नतामा उच्चस्तरिय तथा नयाँ नयाँ खोज्मुलक अनुसन्धानहरु दिनदिनै भैरहेको र कतिपय औषधीहरु परिक्षण अवधिमै रहेकाले यसको अन्त्य तत्कालको अनिश्चित जस्तै रहेको छ । विश्व संक्रमणकालको यस घडीमा देशको अर्थतन्त्रको आधा हिस्सा ओगटेको पर्यटन क्षेत्र माहामारी नियन्त्रणको अनिश्चितता संगै कोरोना पुर्वकै अवस्थामा आउनको लागी अझै कतिबर्ष लाग्न सक्छ भन्ने कुरा सबैमा अन्यौलमा रहेको बेला विगत एक बर्षदेखी ओरालो लागेको निरन्तर घाटामा सञ्चालीत् राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइ कम्पनि लगाएत सम्बन्धित ठुला तथा साना ब्यवसायी र यसै पेशामा आधारीत रहेर जीवन गुजारा गर्दै आएका तर कोरानाको सुरुवाती दिनहरुबाट नै काम गर्न नपाएका मज्दुरहरुहको समस्यालाई मध्यनजर गरी पर्यटन प्रबद्र्धनमुखी कुनै बजेट तथा निकट भविष्यको लागी पर्यटन सम्बन्धि स्पष्ट निती नल्याउँदा दशकौं देखी राज्यलाई कर बुझाउदै आएका यस क्षेत्रमा आवद्ध सम्पुर्ण ब्यवसायी र कामदारहरु जीवन कुहिरोको कागजस्तै गन्तब्य विहिन बन्नपुगेका छन ।

यसरी ओरालो लागेको पर्यटन ब्यवसायलाई अझ खस्किन नदिनको लागी सरकारी तवरबाट माथी उकास्ने केही स्पष्ट सहज नितीहरु ल्याएमा सम्बन्धित संघसँस्था र ब्यक्तीको लागी धेरै राहतहुने थियो।

प्रतिक्रिया

सम्बन्धित ख