२०७७ फाल्गुन ३, सोमबार | २०८१ मंसिर ७ | ourtourismnews@gmail.com

पर्यटन पूर्वाधार विकासका लागि दुई सय पर्यटकीय गन्तव्य छनौट (सूचीसहित)

२०७७ फाल्गुन ३, सोमबार

आन्तरिक तथा वाह्य पर्यटकहरूलाई गाउँगाउँसम्म पुर्‍याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको भौतिक पूर्वाधार विकास गर्न देशभरका दुई सय पर्यटकीय गन्तव्य छनोट गरेको छ ।

मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेश सरकारसँग ओझेलमा परेका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न भदौमा प्रस्ताव मागेको थियो । उत्त प्रस्ताव बाट मन्त्रालयले २ सय आयोजना छनोट गरेको सूची शुक्रबार सार्वजनिक गरेको छ ।

सरकारले पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, साइकल ट्र्याक, संग्रहालय, पिकनिक स्पट, गुम्बा, स्मृति पार्क, फनपार्क आदिमा भौतिक पूर्वाधार विकास गर्न बजेट विनियोजन गर्ने छ ।

छनोटमा परेका स्थलहरूले एक वर्षदेखि तीन वर्षसम्म पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास गर्न केन्द्रीय सरकारले ६ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ । भने यसमा स्थानीय तहले थप ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नुपर्नेछ ।

यस्ता छन् छनोटमा परेका पर्यटकीय स्थल

 

प्रतिक्रिया

सम्बन्धित ख