सोह्रवटा हिमाल र ३७ वटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको छ । संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा शिखरको हिमश्रृंखला, म्याग्दी र पर्वतका विभिन्न ३७ वटा गाउँ देखिने म्याग्दीको ‘गुफाको डिल’ समुद्री सतहदेखि दुई हजार १०० मिटरको उचाइमा अवस्थित छ ।
म्याग्दी सदरमुकाम बेनीबाट पैदल हिँडेर तीन घण्टा र गाडीमा एक घण्टाको समयमा पुगिने ‘गुफाको डिल’ रमणीयस्थल तथा ड्राई पिक्निकका लागि उपयुक्त ठाउँ हो । उक्त ठाउँबाट सेताम्मे हिमाल र हरियाली रुपमा रहेका वनजङगल देख्न पाईन्छ ।
म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर नजिकै पर्ने ‘गुफाको डिल’ धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको छ । यस ठाउँ बाट धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरि, मानापाथी, गुर्जा, गणेश हिमाललगायतका दर्जनौँ हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
सम्भावना र आर्कषणको केन्द्रको रुपमा रहेको ‘गुफाको डिल’ प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकासको कमिले विश्व सममु चिनाउन नसकिएको स्थानिय बासीहरु बताउँछन् । यस ठाउँमा स्वदेशी र विदेशी पर्यटकहरु भीत्राउन सबै पक्षले जोड दिनुपर्ने स्थानीवासीको भनाई रहेको छ ।