२०७७ फाल्गुन २३, आईतवार | २०८१ मंसिर ८ | ourtourismnews@gmail.com

होटल व्यवसायी संघ बाँकेको साधारणसभा, नाकाबाट पर्यटको आगमन सहज हुनुपर्ने माग

२०७७ फाल्गुन २३, आईतवार

होटल व्यवसायी संघ बाँकेको साधारणसभा सम्मपन्न भएको छ । नेपालगञ्जमा शनिवार आयोजित संघको १६औं तथा १७ औं साधारणसभाका अवसरमा छिटो भन्दा छिटो नाकाबाट पर्यटको आगमन सहज हुनुपर्ने  व्यवसायीहरुले माग गरेका छन् ।

साधारणसभा बोल्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गीरीले नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जमा आउने पर्यटकहरुलाई प्रहरी प्रशासनले सताएर हैरान पार्यो भन्ने आरोप बिलकुल आोप मात्र भएको बताउनुभयो । कालान्तरमा यो मूलुकको प्रधान अर्थतन्त्र पर्यटनमा आधारित हुने बताउदै मन्त्री गीरीले लुम्बीनी प्रदेश मिनी नेपाल भएको र होटल व्यवसाय प्रधान अर्थतन्त्रको स्रोत बन्ने भएकाले त्यसको जग अहिले देखिनै बसाल्नु पर्ने बताउनुभयो । साथै सबै होटलहरुले पयर्टकीय क्षेत्रहरूको प्याकेज बनाएर एक ठाउँबाट अर्को ठाउँमा पर्यटकलाई जाने वातावरण मिलाउनुपर्ने बताउनुभयो ।

नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले सरकारले होटल व्यवसायीले उठान गदै आएको बत्तिको डिमान्ड शुल्क छुट गरेको प्रति खुसी व्यक्त गदै पर्यटकको स्रोत सरकारले बन्द गरेकाले जब सम्म सहज रुपले नेपाल भित्रन ढोका खोल्दैन तब सम्म होटल व्यवसाय पस्टाउने कुनै सम्भावना नरहेको बताउनुभयो । नेताहरुले ठूलोठूलो स्वरमा लाखौ जम्मा गरेर आमसभा गर्दा कसैलाई कोभिड नलाग्ने, भारतबाट पर्यटक नेपाल भित्रदा कोभिडको प्रमाण लिएर मात्र छिर्न दिने सरकारको तमासा भएको बताउदै राणाले नेपालगञ्जमा आउने पर्यटकहरुलाई प्रहरी प्रशासनले सताएर हैरान पारेको बताउनुभयो ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपालगञ्जमा प्रवेश गर्ने पर्यटकले अहिले सम्म असुरक्षित महसुस नगरेको बताउदै होटल व्यवसायीहरुका समस्याहरु समाधान गर्न प्रशासन कार्यालय बाधक नहुने बताउनुभयो ।

साधारणसभाकमा शुभकामना दिदै होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले होटलमा कुनै जोडि आयो भने व्यवसायी खोरमा जाने अवस्था छ यो हुनु नहुने बताउदै होटलमा आउने जोडिका कारण व्यवसायीलाई दुख नदिन प्रशासन संग आग्रह गर्नुभयो । उहाँले कोभिडका कारण गर्न नसकिएको नेपालगञ्ज फूड फेस्टिवल गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

होटल व्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले होटल व्यवसायीहरुका मागहहरु लिएर सबै सरकारी निकायहरुमा हामी पुगिसकेको बताउदै व्यवसायीका मागहरु सुनुवाई गर्न ढिला गर्न नहुने बताउदै पर्यटक आगमन हुने सिमा नाका निर्वाध रुमा खोल्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले स्थानीय सरकारलाई हामीले कर तिरे पनि अहिले सम्म होटल व्यवसायीलाई कुनै छुट तथा सहयोग नगरेको बताउनुभयो । काफ्लेले लकडाउनका कारण बन्द रहेका होटल व्यवसायको समस्या समाधान गर्न उद्योग वाणिज्य संघले अगुवाई गर्नु पर्ने ठाउँमा बस्तुगत व्यवसायीसंग सहकार्य गरेर घरभाडा छुट गराएको भए पनि अहिले उद्योग वाणिज्य संघले ठूलाकुुरा गरेको आरोप लगाउनुभयो ।

उद्योग वाणिज्य संघ बाँकेका महासचिवचिरञ्जीवी ओलीले व्यवसायका माग प्रति उद्योग वाणिज्य संघले बिभिन्न निकाएहरुमा ज्ञापनपत्र बुझाएको बताउदै बाँकेको पर्यटन क्षेत्रलाई माथि उठाउँन बाँके निकुञ्जमा ठूला स्तरका होटलहरुको निर्माण गर्नु पर्ने बताउनुभयो ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कडेंलको अध्यक्षतामा भएको साधारणसभामा होटल तथा पर्यटन क्षेत्रमा कलम चलाएका पत्रकार तथा व्यवसायीहरुलाई सम्ममान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख