नारायण बस्याल
अधिकृत, नेपाल पर्यटन बोर्ड
आधारभुत गणीतीय रुपमा भन्दापनि मान्यतागत हिसाबमा पर्यटनलाई विविध प्रकारले वर्गीकरण गरी यसका विभिन्न विधाहरुलाई परिभाषित गर्ने गरिएको पाईन्छ । तिनीहरु मध्ये पर्यापर्यटन, साहसीक पर्यटन, सांस्कृतिक पर्यटन,ग्रामिण पर्यटन, दिगो पर्यटन, स्वास्थ्य पर्यटन, धार्मिक पर्यटन, खेल पर्यटन, व्यापारका सिलसिलामा हुने पर्यटन, दिगो पर्यटन, कृषि पर्यटन, यौन पर्यटन, खोज अनुसन्धान सँग सम्बन्धीत पर्यटन, पँहुचयोग्य पर्यटन, वन तथा जंगल क्रियाकलाप सँग सम्बन्धीत पर्यटन, सभा सम्मेलन पर्यटन, शिक्षा सम्बन्धी पर्यटन, जल जन्य पर्यटनलगायत विकसित मान्यता र प्रविधि सँग सम्बन्धीत अन्य कैयौं पर्यटनका प्रकारहरु हुने गर्दछन र यी पर्यटनहरु आपसमा एक–अर्कासँग अन्तर सम्बन्धीत र अन्योन्याश्रीत समेत हुन सक्दछन् । यीनिहरु मध्ये पर्यापर्यटनलाई पर्यटनको एउटा महत्वपूर्ण अंशमान्न सकिन्छ ।
पर्यापर्यटनको अर्थ
पर्यापर्यटन दुई ओटा शब्दहरु पर्या र पर्यटन मिलेर बनेको हुन्छ । यी शब्दहरु मध्ये पहिलो शब्द पर्याको अर्थ पर्यावरण अर्थात जन्तु, वनस्पती वा यी दुवैको संयोजन अथवा यी जैविक तत्वहरुको अस्तीत्व तथा यस्ता जैविक तत्वहरुलाई उनिहरुकै मौलिकअवस्थामा रहन सहयोग गर्ने अन्य जैविक तत्व तथा अजैविक तत्वहरु यिनीहरुको विभिन्नता, प्रकार, तिनीहरुको जम्मा संख्या, तिनीहरुबीचको संयोजन तथा अन्तरसम्बन्ध सँग सम्बन्धीत छ या भनै प्रकृति र प्रकृतिमा रहेका प्राणी र वनस्पतिहरुकोे विविधता, संयोजन तथा अन्तरसम्बन्ध नै पर्यावरण हो भने अर्को दोस्रो शब्द पर्यटनको अर्थ आफ्नो बसोबास गरिरहेको स्थानभन्दा अन्यत्र स्वदेश वा विदेशमा कम्तीमा एक रात देखी बढीमा एक बर्ष सम्म कुनै काम विशेषले वा फुर्सदको समय व्यतित गर्ने गरी निश्चित हिसाबले रहनु वाबस्नु भन्ने अथ्र्याउछ, पर्यटन शब्द घुमफीर सँग सम्बन्धीत छ ।
यसरी उल्लेखित दुई शब्दहरुको संयोजन बाट पर्यापर्यटन शब्दले सामान्य अर्थमा प्रकृतिको काखमा प्राकृतिक तवरले प्रकृतिका जैविक तथा अजैविक तत्वहरुसँग सन्नीकट रहेर मौलिक हिसाबले गरिने घुमफीर तथा नवीन अनुभवहरुको समिश्रण भन्ने बुझिन्छ भने विकसित र वृहत मान्यतामा प्रकृतिका जैविक तथा अजैविक तत्वहरुलाई उनिहरुको मौलिक र प्राकृतिक अवस्थालाई कमभन्दा कम क्षति हुने गरी उनीहरुको उचित संरक्षण, संबद्र्धन र दिगो उपयोग गर्दै स्थानीय तथा सरोकारवालाहरुको आवश्यक हिसाबमा प्रतक्ष्य तथा परोक्ष प्रभावकारी सहभागितामा पर्यटन काबान्छीत गतिविधिहरु संचालन गर्ने तथा यस प्रकारको पर्यटनका कृयाकलापहरुबाट प्राप्त विविध तवरको लाभको समुचित बाँडफाँडमा स्थानीय तथा सम्बन्धीत सरोकारवालाहरुलाई नै प्राकृतिक न्याय तथा सामाजिक न्याय र समानताको मान्यता अनुरुप आवश्यकता अनुसार अग्राधिकार प्रदान गर्दैै सार्थक र अर्थपूर्ण सहभागिता सहितको समतामूलक समाजको निर्माण र प्रकृतिको दिगो संरक्षण तथा सदुपयोग दुवैमा उत्तरदायी र सहयोगी रहने पर्यटन गतिविधिहरुको समग्रतालाई बुझिन्छ ।
पर्यापर्यटनको उत्पति
सर्वप्रथम पर्यापर्यटन शब्दको प्रयोग मेक्सीकनआर्किटेक्ट ईन्जिनियर तथा संरक्षणवादी अभियान्ता ल्यास्कुरेनले सन् १९८३ मा गरेका थिए भने पर्यापर्यटन शब्दलाई प्रथमतःल्यास्कुरेनको अर्थ भन्दा परिस्कृत र विकसित स्वरुपमा परिभाषित गरी संस्थागत उपयोग आई. यु. सी. एन. (विश्व संरक्षण संगठन) ले सन् १९९६ मा गरेको देखिन्छ। पर्यापर्यटनका केहीआधारभुत मान्यता र सिद्धान्तहरु रहन्छन् । यसका केही खास चरित्रमा सामाजिक, भौतिक, मनोवैज्ञानिक स्वरुपमा सकेसम्म न्यून नकारात्मक असर पर्नेगरी पर्यटकीय गतिविधिहरु संचाल नगर्नु, स्थानीय, सरोकारवाला तथा पर्यटकहरुमाआवश्यक मात्रामा वातावरणीय,सामाजिक तथा सांस्कृतिक चेतना र शिक्षाको विकार र विस्तार गर्नु, पर्यटकहरुलाई सकारात्मक र गहन मौलिक–प्राकृतिक अनुभव प्रदान गर्नु तथा गराउनु, प्रकृति र पर्यावरणको संरक्षणका निम्ती आवश्यक स्रोत पहिचान, संकलन र सदुपयोग गरी प्रकृतिको दिगो उपयोग लाई प्रवद्र्धन गर्नु, स्थानीय बासिन्दा, सरोकारवाला तथा लगानीकर्ताहरुलाई न्यायोचित र सार्थक आर्थिक लाभ प्राप्त गराउनु, विकसित जलवायु परिवर्तन तथा विश्वव्यापी उष्णता बाट अनुकुलित रहने खालका संरचनानिर्माण गर्नुका साथै सोही बमोजिमका पर्यटन मूलक क्रियाकलापहरु संचालन गर्नु,पर्यटन गतिविधिहरुका निम्ती तयार गरिने पुर्वाधार निर्माणमा न्यून प्राकृतिक क्षति र अधिक संरक्षण हुनेगरी व्यवस्थापन गर्नूका साथै प्रकृति मैत्री तवरले संञ्चालन तथा उपयोग गर्नु, गराउनु र स्थानीय जात जातीहरुको मान्यता,आस्था, प्रथा–परम्परा, धर्म, विशिष्ठता लगायतका मौलिक र सांस्कृतिक पक्षहरुको संवेदनशीलता तथा गंभिरतालाई प्रष्टरुपमा मननगरि सम्मान गर्दै सोहि अनुकुलको सुव्यवहार प्रदर्शन गर्नु तथा गराउनु लगायतका विषयहरु पर्दछन् ।
पर्यापर्यटनका निम्ती सर्वप्रथम कृतिम तथा मानवनिर्मित काल्पनिक संरचना तथा पूवार्धारबाट सम्भव रहेसम्म बान्छीत दुरीमा रहेर बनावटी भन्दा फरकमुलतः मौलिक पर्यावरण सहितको खास प्राकृतिक क्षेत्र आवश्यक पर्दछ । हामिकहाँ प्रसस्त मात्रामा प्राकृतिक, समाजिक–साँस्कृतिक, प्राचिन–पुरातात्वीक, ऐतिहासीक तथा मौलिक धरोहरहरु प्रसस्त मात्रामा छन् ।
नेपालको परिप्रेक्ष्यमा पर्यापर्यटन
नेपालको परिप्रेक्ष्यमा पर्यापर्यटनको अवस्था, आधार र सम्भावनाको लेखाजोखा गर्ने हो भने वन मन्त्रालयले सञ्चालन गरेको वन स्रोत सर्वेक्षण सन् २०१४ अनुसार कुल क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर मध्ये नेपालमा ४४.७४ प्रतिशत वन जंगल छ भने २३.६ प्रतिशत भुभाग संरक्षित वन क्षेत्रको रुपमा राज्यसँग सुरक्षित छ, ६४२ जाती वनस्पतीका १७,०२० प्रजाती तथा ३५०,६९९ वैज्ञानिक समुहका १,०६४,०३५ वैज्ञानिक नामाकरण सहितका वनस्पतीहरु, ६०० ओटा रैथाने बनस्पतीहरु, विश्वका फुलफुल्ने वनस्पतिहरु मध्ये २ प्रतिशत वा ६९७३ प्रजातीहरु यहाँ पाईन्छ । २४६ प्रजातीका फुलफूल्ने वनस्पतीहरु नेपालमा मात्र पाईन्छन् ।
यहाँ १२ राष्ट्रिय निकुञ्जहरु, ६ संरक्षित क्षेत्रहरु, एक शिकार आरक्ष तथा एक वन्यजन्तु आरक्ष छन् । यहाँ सर्वोच्चशिखर सगरमाथा लगायतविश्वका ८,००० मीटर भन्दा अग्ला १४ मध्ये ८ हिमालहरु सहित ६००० मीटर भन्दा अग्ला २५० बढि हिमालहरु छन् । ११ किलोमीटर भन्दा लामा १००० नदीहरु र १६० किलोमिटर भन्दा लामा १०० बढि नदीतथा अनेकौ खोलानालाहरु हामीकहाँ अवस्थीतछन् । कोशीटप्पु क्षेत्र, बीसहजारी ताल क्षेत्र, जगदिशपुरताल क्षेत्र, गोक्यो क्षेत्र, गोसाईकुण्ड क्षेत्र, राराताल क्षेत्र, शे–फक्सुण्डोताल क्षेत्र, माईपोखरी क्षेत्र, घोडाघोडी ताल क्षेत्र तथा पोखराका विभिन्न स्थानहरु गरी १० क्षेत्रहरु रामसार सूचीमा सूचीकृत सिमसारहरु छन् ।
नेपाल जलस्रोत र जमिनको अनुपात तथ्याङ्कमा विश्वको दोस्रो धनी मुलुक पनि हो । एक अनुसन्धानका अनुसार नेपालको विद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको, हाल नेपालमा कुल जलविद्युत जडान क्षमता १,०२० मेगावाट, विद्युत ग्रिडमा जनसंख्याको ७० प्रतिशत पहँुच, ६२३ स्थानीय तहहरुमा विद्युतीय पूवार्धार पुगेको तथा वैकल्पिक उर्जाबाट ५५ मेगावाट उर्जा (कुल उत्पादित स्वच्छ उर्जामा वैकल्पिक उर्जाको योगदान ३.२ प्रतिशत) उत्पादन भई ३६ लाख घरधुरी तथा १८ प्रतिशत जनतामा विद्युतको वैकल्पिक उर्जाको समेत पहुँच पुगेको साथै प्रशस्त मात्रामा जलविद्युत उत्पादन र वैकल्पिक उर्जाका आयोजनाहरु कार्यन्वयनका अवस्थामा रहनुले समेत नेपालमा पर्यावरणीय सुरक्षा र दिगो उर्जाका साथ पर्यापर्यटनका निम्ती भरपर्दो आधार प्रदान गरेको छ ।
विश्वमा जम्मा ९ प्रजातीका बाघ रहेकोमा ३ प्रजातीहरु लोप भई हाल ६ प्रजाती मात्र जीवीत रहेका छन् । नेपालमा हाल रोयल बङगाल प्रजातीका २३५ ओटा बाघहरु छन् र यो संख्याका आधारमा बाघ पाईने १३ मुलुक मध्ये शीर्ष पाँचभित्र र तीव्र बाघको संख्या वृद्धि गर्ने मुलुकहरुमा प्रथम तर्फ पर्दछ । सन् २०१५ को गणना अनुसार नेपालमा ६४५ ओटा गैंडा पाईन्छ, विश्वमा पाईने ५ प्रजाती गैंडा मध्ये १ प्रजाती (एक सिंगे) हामिकहाँ पाईन्छ। हामी यो प्रजातीमा संख्याका आधारमा दोस्रो स्थानमा समेत छौं । यसैगरी विश्वमा पाईने दुई प्रजातीको हात्ती मध्ये एक प्रजातीको हात्ती (एसीयन इलेफेन्ट) करीब २०० को संख्यामा नेपालमा पाईन्छ भने लोपोन्मुख हिँउ चितुवा करीब ३०० को संख्यामा तथा अति दुर्लभ रातो पाण्डा पनि केही संख्यामा लगायत हामिकहाँ कैयौं वन्यजन्तुहरु रहेका छन् ।
विश्वमा रहेका करीब ११,००० चराका प्रजातीहरु मध्ये ८८६ प्रजातीहरु नेपालमा पाईन्छन् जसमध्ये विश्वमा दुलर्व मानिएका चराहरु मध्ये ४४ प्रजातीका चराहरु पनि यहाँ पाईन्छन् । नेपालमा २१२ प्रजातीका स्तनधारी प्राणीहरु, २३२ प्रजातीका माछाहरु, १७५ प्रजातीका माकुराहरु, १७१ प्रजातीका उभयचरहरु, १२३ प्रजातीका शरीसृपहरु, विश्वमापाईने १५ प्रजातीका पुतलीहरुमध्ये ११ प्रजातीहरु तथा १४८२६ प्रजातीका ससाना कीरा तथा पट्याङग्राहरु पाईन्छन् । विभिन्नखोज अनुसन्धनानहरुबाट नेपालमा ११८ ओटा पारिस्थीतिक प्रणालीहरु अस्तित्वमा रहेका र यी मध्ये ८६ पारिस्थीतिक प्रणालीहरु संरक्षित क्षेत्रमा रहेका तथ्य समेत विद्यमान छ ।
सामाजिक–सांस्कृतिक परिदृश्य सिंहावलोकन गर्दा नेपालमा वि.सं. २०६८ को जनगणनाअनुसार नेपालमा १२५ जाती र १२३ भाषाभाषीहरु रहेकामध्ये ५९ जनजातीहरु छन्, यीजनजाती र जातजातीहरुको आ–आफ्नै मौलिक विशेषता तथा विशिष्टताहरु समेत छन् । यस्तै १० विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरु, १० विविधधर्ममा आस्था राख्ने नागरिकहरु तथा यीनिहरुका बीचमा पर्याप्त धार्मिक सहिष्णुता र विविधताबीचको एकता सँगै विविधमठ, मन्दीर, गुम्वा, चैत्य, मस्जितलगायतका अनेकौ प्राचिन, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरु समेत प्रसस्त मात्रामा पाईन्छन् ।
नेपालमा औपचारिकता प्राप्त गरी वैधानिक रुपमा संञ्चालित होमस्टे (घरबास) को संख्या ६०० को हाराहारीमा छन् र यीनिहरुको संख्या दिन प्रतिदिन बढ्दो समेत छ। होमस्टेबाट राज्यको दुरदराजको पर्यावरणको संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारीमा वृद्धि तथा स्थानीय पुजीँको परिचालन र सदुपयोग जस्ता बहुआयामिक दिगो कृयाकलापहरुबाट प्राकृतिक साधन स्रोत तथा स्थानीय सामाजिक–सांस्कृतिक धरोहर दुवैको संरक्षण, संवद्धन र सदुपयोग गरी पर्यापर्यटनको समुचित विकास र सदुपयोग गर्न सकिने विद्यमान अवस्था देखिन्छ ।
यस हिसावमा नेपालमा प्राकृतिक, सामाजिक–साँस्कृतिक,धार्मिक, ऐतिहासिक लगायतका मौलिक प्राकृतिक विविधता र विशिष्टता विद्यमान रहुनु तथा यही बीचमा रहेर पर्यापर्यटन सँग सम्वन्धीत विविध कृयाकलापहरु कति अवस्थामा संचालन गरिनु र बाँकी कतिपय मा पर्यटनको प्रचुर सम्भावना रहनु आफैमा पर्यापर्यटनका निम्ती बलियो आधार समेत देखिन्छ ।
नेपालमा पर्यापर्यटनका निम्ती कैयौं गन्तव्यहरु नमूनाकै रुपमा परिचितछन् भने अरु अनगिन्ती स्थानहरु पर्यापर्यटनका निम्ती प्रचुर सम्भावना बोकी जीवनकै मनमोहक दृश्य तथा अनुभवहरु प्रदानगर्न अवसर खाज्दै पर्यापर्यटनको गतिविधिका निम्ती प्रतिक्षारत छन् । नेसनल जियोग्राफिक म्याक्जिनले अन्नपूर्ण संरक्षण क्षेत्रलाई विश्वका १०० सुन्दर गन्तव्यमा समावेश गरेको तथा लोनली प्लानेटले समेत यसलाई विश्वका मनमोहक गन्तव्यको रुपमा अफ्नो सूचीमा समावेस गरेको छ । सन् २०१८ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा १ लाख ८० हजार भन्दा बढि विदेशी पर्यटकहरुले भ्रमण गरेका छन्। यो संख्या बर्षेनी बढ्दो क्रममा छ भने यहाँ भ्रमण गर्ने स्वदेशी पर्यटकको संख्या समेत उल्लेख्य रहेको पाईन्छ ।
पर्यापर्यटनका लागि महत्वपूर्ण गन्तव्यहरू
वि.सं. २०७५ फागुन २२ मा विश्वकै ठूलो मध्येको पर्यटन मेला आई.टि.बी. बर्लिनमा आयोजित एक समारोहमा ग्रिन डेस्टिनेशन संस्था र आई.टि.बी. बर्लिन बाट संयुक्त रुपमा सय दिगो पर्यटन गन्तब्यहरु मध्ये एसिया प्यासेफिक क्षेत्रबाट उत्तरदायी पर्यटनमा गरेको प्रयत्नहरु र यसको संरक्षणमा भएको विशिष्टताको कदर स्वरुप दिगो गन्तब्यका रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत भएको छ । यी गन्तव्यहरु लगायत नेपालमा पर्यापर्यटनका निम्ती महत्वपूर्ण पर्यटकी यगन्तव्यहरुमा कोशीटप्पु क्षेत्र, चितवन राष्ट्रियनिकुञ्ज क्षेत्र, लाङटाङ राष्ट्रियनिकुञ्ज क्षेत्र, शे–फक्सुन्डो राष्ट्रियनिकुञ्ज क्षेत्र, रारा ताल तथा राष्ट्रिय निकुञ्ज क्षेत्र, खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र, शुक्लाफाँटा राष्ट्रि यनिकुञ्ज क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र, शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र, कञ्चनजंघा संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, गौरी शंकर संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष क्षेत्र साथै महाभारत क्षेत्र, चुरे क्षेत्र, तल्लो भु–भागका चारकोशे झाडि तथा माथि उल्लेखित १० रामसारमा सूचीकृत क्षेत्रहरु लगायतका गन्तव्यहरु,साथसाथै गण्डकी, कोशी तथा कर्णाली लगायतका नदी आसपासको क्षेत्रहरु महत्वपूर्ण मानिन्छ भने यी गन्तव्यहरुका आ–आफ्नै मौलिक विशिष्ठता र अनुभवहरु समेत प्रसस्त मात्रामा भेटिन्छन् ।
नेपालमा पर्यापर्यटनको माध्यमबाट पर्यटन क्षेत्रको व्यापक वृद्धि र विकास गर्न सकिने पर्याप्त सम्भावना र आधारहरु देखिन्छन् भने पर्यटनको माध्यमबाट स्थानीयस्तरमा न्यायोचित लाभ प्राप्त गरी मुलुकको आर्थिक वृद्धि र आर्थिक विकास हुदै राष्ट्र निमार्ण र राज्य निमार्ण गर्न सकिने उत्तिकै सम्भावनाहरु समेत छन् । अन्ततः पर्यापर्यटनको माध्यमबाट स्थानीय समुदाय र पर्यावरण दुवैले अर्थपुर्ण दिगो लाभ प्राप्त गर्दै दिगो शान्ती, सुशासन, विकास र बहुआयामिक सबलता प्राप्त गरी हाम्रो दीर्घकालीन सोचसमृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना सात्क्षात्कार गर्नु आजको हाम्रो अभिष्ट रहेको छ ।
(यस सामग्रीमा समावेश गरिएका दृष्टीकोणहरु लेखकका निजी विचार हुन्, यस विचारले लेखकको पदीय हैसियत तथा संस्थागत अवधारणाहरु प्रतिनिधित्व गर्ने सुनिश्चितता गर्दैनन् ।)