कोरोना भाइरस बढेसंगै बन्द रहेको मुक्तिनाथ मन्दिर असोज १० गते देखि खुल्ने भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले मुक्तिनाथ दर्शन गर्ने निर्थयात्रीहरुको लागि असोज १० गते आईतबारदेखि प्रवेश खुल्ला गर्ने निर्णय गरेको छ । बैठकले जिल्लामा प्रवेश गर्ने व्यक्ति र सवारी साधनलाई कडाई गरिएको छ ।
निषेध गरिएका क्रियाकलापहरु
१. मुस्ताङ जिल्लामा स्थायी बसोबास गर्ने व्यक्ति र पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मी बाहेकका ७ दिन भित्रकाे PCR Negative नभएका विदेशी नागरिक तथा ७ दिन भित्रको PCR Negative Report वा खोप कार्ड वा ७२ घण्टा भित्रको Antigen परीक्षण Report नभएका व्यक्ति मुस्ताङ जिल्ला प्रवेश गर्न ।
२. सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर र हाटबजार तथा भिडभाड हुने जस्ता कार्यक्रमको आयोजना तथा सञ्चालन गर्न ।
३. विवाह, बतबन्ध, मृत्यु संस्कार जस्ता कार्यमा २५ जनाभन्दा बढी भेला हुन ।
४. बाहिरी जिल्लाबाट मुस्ताङ प्रवेश गर्ने सवारी साधनले PCR Report वा खोप कार्ड वा Antigenनभएका व्यक्तिलाई जिल्ला प्रवेश गर्न ।