चिसो बढेसँगै सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु सुनसान बनेको छ ।
सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरु जाडो छल्नका लागि अन्यन्त्र जाँदा खुम्बु क्षेत्र सुनसान बनेको हो ।
पर्यटन सिजन सकिन साथ चिसो छल्न यहाँका होटल व्यवसायी तथा बासिन्दाहरु मंसिर देखि नै काठमाडौँ, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेको एक होटल व्यवसायीले बताए । उनले भने यो चिसोको सिजमा होटल व्यवसाय नचल्ने हुँदा होटल व्यवसायीहरु पनि कुरुवाको जिम्मा दिएर बाहिर जानेको गरेको बताए ।
खुम्बुमा मंसिर देखि नै चिसो सुरु हुने गर्दछ । र चिसो करिब फागुन सम्म जारी रहने भएकाले चिसो छल्नका लागि यहाँका व्यवसायी तथा बासिन्दाहरु बाहिर जाने गर्दछन् ।