चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकका लागि व्यवसाहिक जंगल वाक खुला गरिएको छ ।
निकुञ्जले सूचना जारी गदै चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन हुने व्यवसाहिक जंगल वाक पर्यटकीय गतिविधि तोकिएको वनपथ मात्र प्रयोग गर्ने गरी २०७९ असार १५ गतेका दिन देखि कार्यालयबाट अर्को सूचना प्रकाशन नहुन्जेल सम्मका लागि सञ्चालन हुने जनाएको छ ।
निकुञ्जले जेठ २७ गते एक सुचना जारी गदै वर्षायाममा कच्ची वनपथहरू विग्रीने, जंगलमा भएका स साना खोला खोल्सामा भलबाढी आउने, रूख लडेर बाटो अबरुद्ध हुनसक्ने र मानवीय क्षति हुनसक्ने कार्णले असार १ देखि अर्को सूचना नहुन्जेलसम्म जंगल सफारी र जंगल वाक लगायतका पर्यटकीय गतिविधिहरू बन्द हुने जनाएको थियो ।
तर सौराहाका पर्यटन व्यवसायसँग सम्बन्धित नौ वटा संस्थाहरुले सम्पूर्ण पर्यटकीय गतिविधि बन्द नगर्न राष्ट्रिय निकुञ्जलाई ध्यानाकर्षण पत्र बुझाए पछि निकुञ्जले जंगल वाक मात्रै खुल्ला गरेको छ ।