कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाही नियुक्त हुनुभएको छ ।
हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि साउन २३ गते सकिएपछि डाेल्पाका सांसद शाही नयाँ मन्त्रीमा नियुक्त हुनुभएको हाे ।
मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाहीलाई नियुक्त गर्नुभएकाे हाे ।