२०७९ मंसिर १६, शुक्रबार | २०८१ मंसिर ८ | ourtourismnews@gmail.com

घटे नेपाल भित्रिने पर्यटक

२०७९ मंसिर १६, शुक्रबार

पर्यटन गन्तव्यमा नेपाल विश्वकै उत्कृष्ट देशको सूची भित्र पर्दछ तर नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि हुन सकेको छैन् । पछिल्लो ११ महिनामा नेपाल पर्यटन बोर्डको तथ्याङ्क हेर्दा नेपाल घुम्न आउने वदेशी पर्यटकको संख्यामा उल्लेखनिय वृद्धि हुन सकेको छैन् ।

बोर्डको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४९ हजार ६ सय ६५ पर्यटक नेपाल घुम्न आएका   छन् । अक्टोबरमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । तर नोभेम्बर महिनामा पर्यटकको संख्या घटेको छ । नोभेम्बरमा ७२ हजार ६ सय ५३ पर्यटक नेपाल भित्रिएका छन् ।

कुन देश बाट कति पर्यटक

नोभेम्बर महिनामा भारतबाट २० हजार ८ सय ३२ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट ७ हजार ८ सय ३१, बेलायतबाट ५ हजार १ सय ६५ र अष्ट्रेलियाबाट ३ हजार ३ सय ७५ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै बङ्गलादेशबाट २ हजार २ सय १८, थाइल्यलाण्डबाट २ हजार ४ सय ४१ पर्यटक नेपाल घुम्न आएका छन् ।

सन् २०२२ को ११ महिना

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ५८ हजार ३ सय ४८, मेमा ५३ हजार ६ सय ८, जुनमा ४६ हजार ९ सय ७५, जुलाईमा ४४ हजार चार सय ६२, अगष्टमा ४१ हजार तीन सय ४, सेप्टेम्बरमा ५८ हजार ३ सय १४ र अक्टोबरमा ८८ हजार ५ सय ८२ र नोभेम्बरमा ७२ हजार ६ सय ५३ पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख