२०७९ पुष १, शुक्रबार | २०८१ मंसिर १८ | ourtourismnews@gmail.com

बेलहिया नाकामा कडाई, पर्यटकसँग असुलीबारे छानबिन हुने

२०७९ पुष १, शुक्रबार

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सुनौली नाका हुँदै नेपाल आउने पर्यटकसँग असुली भएकोबारे छानबिन गर्ने भएको छ । पर्यटकसँग सिमानामा रकम असुली भएको सूचना आएपछि जिल्ला प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याललाई छानबिनका लागि खटाएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आयोजना गरेको सरोकारवाला निकायको बैठकमा पर्यटकसँग सिमानामा रकम असुली गर्ने माथिकारबाहीको सिफारिस गर्ने निर्णय गरिएको हो ।

बैठकमा बेलहिया नाकास्थित मगन्ते बिचौलिया नियन्त्रण गर्ने, पर्यटकको सहजीकरणका लागि आधिकारिक एजेन्टलाई परिचयपत्र लगाउने र परिचयपत्रधारी व्यक्तिबाट मात्र पर्यटकलाई सहजीकरण गराउने व्यवस्था जिल्ला प्रहरी, पर्यटन कार्यालय र पर्यटन विकास परिषद्ले गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख