२०७९ माघ १३, शुक्रबार | २०८१ मंसिर ९ | ourtourismnews@gmail.com

कर्णाली सरकारको निराशाजनक वित्तीय प्रगति, पर्यटन मन्त्रालयको खर्च बढेन

२०७९ माघ १३, शुक्रबार

चालु आर्थिक वर्ष २०७९\०८० को पुस मसान्तसम्म कर्णाली प्रदेश सरकारले निराशाजनक वित्तीय प्रगती गरेको छ ।

पुस मसान्तसम्म प्रदेश सरकारले कुल वजेटको ४ अर्ब २५ करोड ४१ लाख ५५ हजार १ सय ३३ अर्थात १३.०४ प्रतिशत बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ ।

कोषका अनुसार वार्षिक १९ अर्व ४५ करोड १९ लाख वार्षिक विकास वजेट रहेकोमा पुस मसान्तसम्म १ अर्ब ७६ करोड ६२ लाख १२ हजार ६८८ रुपैयाँ मात्रै बजेट खर्च भएको छ । जुन पुष महिनामा ३ दशमलव २४ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

सरकारको मन्त्रालयगत खर्च पनि निराशाजक देखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसंग वार्षिक विकास बजेट १ अर्ब २० करोड भन्दा बढी रहेकोमा मन्त्रालयले २.७७ प्रतिशत बजेट मात्रै खर्च गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख