चीन सरकारले आफ्ना नागरिकहरूलाई घुम्न जाने देशहरूको सूची सार्वजनिक गरेको छ ।
चिनिया पर्यटन मन्त्रालयले आफ्ना नागरिक (चिनियाँ पर्यटक) घुम्न जाने २० देशहरूको सूची सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको २० देशको सूचीमा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि समावेस छैन् ।
चीन सरकारले ट्राभल एजेन्सी र अनलाइन ट्राभल कम्पनीहरूलाई प्रभावकारी रूपमा प्रचार र प्रवद्र्धनका लागि तयारी थाल्न स्वीकृति दिएको छ। सोही अनुरूप पर्यटन उद्योगको पुनरुत्थान र विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले चीन सरकारले नयाँ नीति ल्याइएको हो।
चिनिया पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई अन्तर्राष्ट्रिय भ्रमणका लागि २० देशहरू स्वीकृत गन्तव्यमा सूचीकृत गरेको हो ।
मन्त्रालयको विवरण अनुसार २० स्वीकृत गन्तव्यमा थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, युएई, इजिप्ट, केन्या, दक्षिणअफ्रिका, रुस, स्विट्जरल्याण्ड, हंगेरी, न्युजिल्याण्ड, फिजी, क्युबा र अर्जेन्टिना रहेका छन् ।