काभ्रे होटल तथा रेष्टटुरेण्ट व्यवसायी संघका अध्यक्ष श्याम कुमार भालुले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।
यही फागुन १६ र १७ गते मकवानपुरको चित्लाङमा हुने संघको दोस्रो अधिवेशनमा आफुले अध्यक्षमा उम्मेदवारी दिने आओर टुरिजम न्यूजलाइ बताए । उनी संघको बहालवाला सचिव समेत हुन् ।
संघको अधिवेशन नजिकिएसंगै नेतृत्वका लागि माहाेल तातिरहेको छ । अहिले सम्म संघ हाँक्नका लागि मुख्यत तीन जना आकांक्षी देखिएका छन् ।
अध्यक्षका लागि बहालवाला उपाध्यक्ष देवराज नेपाल काठमाडौँ, महासचिव दामोदर नेपाल काठमाडौँ, सचिवमा श्याम कुमार भालु काभ्रे देखिएका छन् । तर अध्यक्षका लागि बहालवाला वरिष्ठ उपाध्यक्ष उमेश सुवेदी र निप्पु सर्राफको चर्चा चलेपनि उननीहरुले मुख खोलेका छैनन् ।
संघका अध्यक्ष सन्तोष उप्रेतिले भने यसअघिको अधिवेशनबाट नेतृत्व सर्वसम्मत भएकाले यसपटक पनि नेतृत्व सर्वसम्मत चयन हुने बताए ।