२०८० बैशाख ६, बुधबार | २०८१ मंसिर ८ | ourtourismnews@gmail.com

९ महिनामा ३७ हजारभन्दा बढि पर्यटक खुम्बु क्षेत्र पुगे

२०८० बैशाख ६, बुधबार

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको अवलोकनका लागि चालु आर्थिक वर्षको ९ महिनामा ३७ हजार भन्दा बढि पर्यटक खुम्बु क्षेत्र पुगेका छन् ।

चालु आर्थिक वर्षको ९ महिनामा सगरमाथा क्षेत्रको भ्रमणका लागि विभिन्न देशका ३७ हजार ४ सय ६७ जना पर्यटकले खुम्बु क्षेत्र भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

निकुञ्जका अनुसार चालु आर्थिक वर्षको साउनमा ३ सय ८५, भदौमा ६ सय ९०, असोजमा ६ हजार ७ सय ३१, कार्तिकमा १३ हजार १ सय ५८, मंसिरमा ४ हजार ६५, पुस महिनामा १ हजार ९ सय २०, माघमा ८ सय ६, फागुनमा २ हजार ३ सय २२ र चैत्र महिनामा ७ हजार ३ सय ९१ जनाले खुम्बु क्षेत्रको भ्रमण गरेका छन ।

९ महिनामा सगरमाथा क्षेत्रको भ्रमण गर्नेमा २९ हजार ४ सय ६७ जना विदेशी र ४ हजार ८ सय १६ जना नेपाली पर्यटक रहेका छन् । भ्रमण गर्ने विदेशी पर्यटक मध्ये ३ हजार १८५सार्क मुलुकका र २९ हजार ४६७ अन्य मुलुकका रहेको निकुञ्जको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख