नेपालका विभिन्न हिमाल आरोहणका लागि शरद ऋतुमा १ हजार ३२९ ले लिए अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार शुक्रबारसम्म स्वदेशी तथा विदेशी गरी १७२ समूहका १ हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका छन् ।
सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिएका छन् । अमादब्लम आरोहणका लागि ४५ समूहका ४१२ जना पुरुष र ८० जना महिला गरी ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।
त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्यान्डका ५० जना रहेको विभागले जनाएको छ ।