नेपाल पर्यटन बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ ।
इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन बुझाउन सक्ने शनिबार दरखास्तको सूचना प्रकाशित भएको छ ।
सूचना अनुसार प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त दिन योग्य व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ ।
यस्तै, सीईओ पदका लागि स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । दरखास्त पेस गर्दा इच्छुकको उमेर कम्तीमा ३५ वर्ष तथा ६० वर्ष नकाटेको हुनुपर्नेछ ।
सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।