२०८१ बैशाख २, आईतवार | २०८१ मंसिर २० | ourtourismnews@gmail.com

बाँकेका पालिकाहरूमा बढ्दै आर्थिक अनुशासनहीनता : उपमहानगरको बेरूजू ८० करोड, अन्य पालिकाको कति ?

२०८१ बैशाख २, आईतवार

बाँकेका पालिकाहरूमा बढ्दै आर्थिक अनुशासनहीनता : उपमहानगरको बेरूजू ८० करोड, अन्य पालिकाको कति ?

बाँके । बाँकेको पालिकाहरूमा कानुन र प्रक्रिया मिचेर राज्यकोषबाट खर्च भएको बेरुजु रकम अर्व माथि पुगेको छ ।

महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन अनुसार बाँकेका आठ पालिकाको बेरूजू बढेर आर्थिक वर्ष २०७८/७९ सम्ममा अर्व माथि पुगेको हो ।

प्रतिवेदन अनुसार बाँकेका ८ पालिका भध्ये सबै भन्दा बढि बेरूजू नेपालगञ्ज उपमहानगरपालिकाको रहेको छ भने सबैभन्दा कम डुडुवा गाउँपालिकाको रहेको छ ।

आर्थिक कार्यविधि ऐन -२०५५ अनुसार बेरुजु भन्नाले प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुरयाई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको वा ठहराएको कारोबारलाई सम्झनु पर्दछ भनी उल्लेख गरेको छ ।

महालेखाले पालिकाहरूमा स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ ।

पालिकाले आम्दानी तथा खर्चको स्रेस्ता नगदमा आधारित लेखा प्रणाली अवलम्बन गरेकोले पालिकाको पेश्की बाहेक सम्पत्ति तथा दायित्व यकिन हुने कुनै जानकारी खुलाएको छैन ।

बाँकेका पालिकाहरूको हालसम्मको अद्यावधिक बेरुजूमा नेपालगञ्ज उपमहानगर पालिकाको रु.८० करोड ४२ लाख ४७, कोहलपुर नगरपालिकाको रु.४५ करोड २८ लाख १ हजार, बैजनाथ गाउँपालिकाको बेरुजू रु.४५ करोड २८ लाख १ हजार, राप्ती सोनारी गाउँपालिकाको रु. ३५ करोड ६८ लाख ९९ हजार रहेको छ ।

यस्तै नरैनापुर गाउँपालिकाको रु. १९ करोड ७० लाख ५२ हजार, डुडुवा गाउँपालिकाको रु. १९ करोड ६४ लाख ९९ हजार, जानकी गाउँपालिकाको रु. २० करोड ९४ लाख ३८ हजार र खजुरा गाउँपालिकाको रु.२३ करोड ३९ लाख ५ हजार हालसम्मको अद्यावधिक बेरुजू रहेको छ ।

यस्ताे छ बाँकेका पालिकाहरूकाे बेरूजूकाे अवस्था ?

नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज उप-महानगरपालिकाको आ.व २०७८ / ०७९ को महालेखाको लेखा परीक्षणबाट रू. २२ करोड ३९ लाख ७० हजार बेरुजू देखिएको छ । सोमध्ये बाँकी बेरुजू असुल गर्नुपर्ने रू.१ करोड ७९ लाख ३१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १२ करोड २५ लाख ८७ हजार र नियमित गर्नुपर्ने रु.८ करोड ३४ लाख ५२ हजार रहेको छ ।

पालिकाको गत आ.वको लेखापरीक्षण हुनु भन्दा अघि सम्म रु. ६० करोड १३ लाख ८३ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु.८० करोड ४२ लाख ४७ हजार रहेको छ ।

उपमहानगरपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दी अनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ ।

कोहलपुर नगरपािलका

कोहलपुर नगरपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रुपमा प्रयोग गरी वित्तीय विवरण तयार नपारेको महालेखाले जनाएको छ ।

नगरपालिकाको आ।व २०७८ / ०७९ को लेखापरीक्षणबाट रू.१२ करोड ४० लाख ८३ हजार बेरुजू देखिएको छ । सोमध्ये बेरुजू असुल गर्नुपर्ने रू.२२ लाख २८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.६ करोड १९ लाख ३८ हजार, नियमित गर्नुपर्ने रु,५ करोड ७२ लाख ७४ हजार र पेश्की रू. २६ लाख ४३ हजार रहेको छ ।

पालिकाको गत आ।वको लेखापरीक्षण हुनु भन्दा अघि सम्म सम्म रु. ३२ करोड ८७ लाख १८ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु.४५ करोड २८ लाख १ हजार रहेको छ ।

नगरपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ ।

बैजनाथ गाउँपािलका

बैजनाथ गाउँपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रुपमा प्रयोग गरी वित्तीय विवरण तयार गरेको छैन ।

गाउँपालिकाको आ.व २०७८ /०७९ को लेखापरीक्षणबाट रू. ८ करोड ३८ लाख ७४ हजार बेरुजू देखिएको छ । सोमध्ये बेरुजू असुल गर्नुपर्ने रू.५२ लाख ३२ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ३ करोड २४ लाख ६२ हजार नियमित गर्नुपर्ने रु. ४ करोड २६ लाख ८२ हजार र पेश्की रू। ३४ लाख ९८ हजार रहेको छ ।

पालिकाको गतवर्ष सम्म रु. ११ करोड ५० लाख ८८ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु.४५ करोड २८ लाख १ हजार रहेको छ ।

गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको अनुदानको पर्याप्त अनुगमन नभएको। वितरणमुखी कार्यक्रम सञ्चालन गरेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ ।

राप्ती सोनारी गाउँपािलका

राप्ती सोनारी गाउँपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रुपमा प्रयोग गरी वित्तीय विवरण तयार गरेको छैन ।

गाउँपालिकाको आ।व २०७८/ ०७९ को लेखापरीक्षणबाट रू. १० करोड १५ लाख ४२ हजार बेरुजु देखिएको छ । सोमध्ये बाँकी बेरुजू असुल गर्नुपर्ने रू.१८ लाख ८४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ६ करोड १९ लाख ९१ हजार, नियमित गर्नुपर्ने रु. ३ करोड ४३ लाख १७ हजार र पेश्की रू.३३ लाख ५० हजार रहेको छ ।

पालिकाको गतवर्ष सम्म रु.२५ करोड ५३ लाख ५७ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु. ३५ करोड ६८ लाख ९९ हजार रहेको छ ।

गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको  छ ।

नरैनापुर गाउँपालिका

नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०७८ / ७९ लेखापरीक्षणबाट रू. २ करोड ९७ लाख ३४ हजार बेरुजू देखिएको छ । सोमध्ये बाँकी बेरुजू असुल गर्नुपर्ने रू. ३३ लाख २६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ५९ लाख ९८ हजार, नियमित गर्नुपर्ने रु. २ करोड ४ लाख १० हजार रहेको छ ।

पालिकाको गतवर्ष सम्म रु. १६ करोड ७३ लाख १८ हजार बेरुजू बाँकी रहेकोमा यस वर्ष समायोजन र सम्परीक्षणबाट फछ्यौट एवं यो वर्ष कायम भएको बेरुजू समेत हालसम्मको अद्यावधिक बेरुजू रु. १९ करोड ७० लाख ५२ हजार रहेको छ ।

गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको  छ ।

डुडुवा गाउँपालिका

डुडुवा गाउँपालिकाको आर्थिक वर्ष २०७८ / ७९ को लेखापरीक्षणबाट रू. ५ करोड ७ लाख ६३ हजार बेरुजू देखिएको छ । सोमध्ये प्रतिक्रियाबाट रू. १ करोड ५७ लाख २० हजार फछपट भई बाँकी बेरुजू असुल गर्नुपर्ने रू. ३३ लाख ७४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. २५ लाख ११ हजार, नियमित गर्नुपर्ने रु. २ करोड ९१ लाख ५८ हजार रहेको छ ।

पालिकाको गत वर्ष सम्म रु.१६ करोड १० लाख ७९ हजार बेरुजू बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फछयौट एवं यो वर्ष कायम भएको बेरुजू समेत हालसम्मको अद्यावधिक बेरुजू रु. १९ करोड ६४ लाख ९९ हजार रहेको छ ।

गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको अनुदानको पर्याप्त अनुगमन नभएको। वितरणमुखी कार्यक्रम सञ्चालन गरेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ ।

जानकी गाउँपालिका

जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७८ / ७९ को लेखापरीक्षणबाट रू. ५ करोड ७२ लाख ७२ हजार बेरुजू देखिएको छ । सोमध्ये प्रतिक्रियाबाट रू. १ करोड ४० लाख ५६ हजार फछ्र्यौट भई बाँकी बेरुजू असुल गर्नुपर्ने रू. १० लाख ११ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. २ करोड ४९ लाख ५२ हजार, नियमित गर्नुपर्ने रु. १ करोड ७२ लाख ५३ हजार रहेको छ ।

पालिकाको गतवर्ष सम्म रु. १६ करोड ६७ लाख ६३ हजार बेरुजू बाँकी रहेकोमा यसवर्ष रु ५ लाख ४१ हजार सम्परीक्षण भई फछ्यौट एवं यो वर्ष कायम भएको बेरुजू समेत हालसम्मको अद्यावधिक बेरुजू रु. २० करोड ९४ लाख ३८ हजार रहेको छ ।

गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ । कार्यालयबाट सम्प्रेषित लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन यसको अङ्गको रुपमा रहेको छ ।

खजुरा गाउँपालिका

गाउँपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रूपमा प्रयोग गरी वित्तीय विवरण तयार गरेको छैन ।

गाउँपालिकाको आर्थिक वर्ष २०७८ / ७९ को लेखापरीक्षणबाट रू. ५ करोड ३७ लाख १ हजार बेरुजू देखिएको छ । सोमध्ये बाँकी बेरुजू असुल गर्नुपर्ने रू.८ लाख १७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ३ करोड ३४ लाख ५९ हजार र नियमित गर्नुपर्ने रु. १ करोड ९४ लाख २५ हजार रहेको छ ।

पालिकाको गतवर्ष सम्म रु.१८ करोड २ लाख ४ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु,२३ करोड ३९ लाख ५ हजार रहेको छ ।

गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको  छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख