यस वर्षको सगरमाथा दिवस आधार शिविरमा मनाउने सरकारले तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितराज तामाङले मे २९ मा सगरमाथा दिवस आधार शिविरमा मनाउन तयारी थालेको बताउनुभयो ।
उनका अनुसार अघिल्लो साता मन्त्रीको अध्यक्षतामा हुने सगरमाथा आयोजक समितिको बैठक बसी सगरमाथा दिवसको मूख्य कार्यक्रम प्रधानमन्त्रीको उपस्थितिमा आधार शिविरमा गर्न तयारी थाल्ने निर्णय गरेको बताउनुभयो ।
सगरमाथा दिवस हरेक वर्ष मे २९ मा पर्ने गर्दछ।