खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ दिङ्बुचे बजारमा अनुमति बिना ड्रोन उडाउने विदेशी नागरिकको क्यामेरा प्रहरीले नियन्त्रणमा लिएको छ ।
अस्थायी प्रहरी चौकी दिङबुचेबाट खटिएको प्रहरीको टोलीले सगरमाथा आधार शिविर भ्रमण गर्न आएका पोल्यान्डका नागरिकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार गैर कानुनी रूपमा डिजि कम्पनीको ड्रोन क्यामेरा उडाएको स्थानीयहरूले जानकारी गराएसँगै प्रहरीले नियन्त्रणमा लिएको हो ।