उडान बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएको छ ।
नेपाल वायुसेवा निगमको जहाजले पुनः आजदेखि भोजपुर–विराटनगर उडान थालेको हो ।
वायुसेवा निगमले हप्तामा शनिबार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले बताए । ‘अब उडान तालिकाअनुसार नै विराटनगर उडान हुनेछ । अहिलेका लागि काठमाडौंबाट भोजपुर आएर विराटनगर जाने र विराटनगरबाट फर्किएर फेरि काठमाडौं जाने तालिका बनाएका छौं,’ उनले भने ।