२०८१ बैशाख २३, आईतवार | २०८१ मंसिर १८ | ourtourismnews@gmail.com

अप्रिलमा १ लाख ११ हजार बढी पर्यटक नेपाल भित्रिए

२०८१ बैशाख २३, आईतवार

नेपालमा पर्यटक आगमनमा वृद्धि हुदै गइरहेको छ । सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सन् २०२३ को अप्रिलमा ९८ हजार ७ सय ७३ जना पर्यटकले नेपाल भ्रमण गरेका  थिए । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को अप्रिलको तुलनामा २०२४ को अप्रिलमा यो संख्या १२।७६ प्रतिशतले बढी हो।

अप्रिलमा सबैभन्दा बढी भारतबाट ३० हजार १ सय ५८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । अमेरिकाबाट ९ हजार ९ सय ४७, चीनबाट ९ हजार ७ सय ५० र बेलायतबाट ५ हजार ३ सय ९१जना नेपाल भ्रमणमा आएका छन् । त्यसैगरी अस्ट्रेलियाबाट ४ हजार १ सय १०, बंगलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७ सय ५५ जनाले नेपाल घुमेका छन् ।

यसअघि मार्चमा १ लाख २८ हजार १ सय ७६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

२०२४ को पहिलो तीन महिना ९जनवरी, फेब्रुअरी र मार्च० मा ३ लाख ४ हजार ६ सय ९३ विदेशी पर्यटक भ्रमणमा आइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख