बाँकेको नरैनापुर गाउँपालिकाको परिचयात्क भिडियो निमार्णमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
आयोगको चौतिसौं बार्षिक प्रतिवेदनमा गाउँपालिकाको परिचयात्क भिडियो निमार्ण गर्दा विनियोजित बजेट टेन्डर तथा कोटेसन माग नै नगरी रकम अनियमितता भएको उल्लेख छ ।
परिचयात्क भिडियो निमार्णमा अनियमितता भएको भन्दै २०८० पौष १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको उल्लेख छ ।