| २०८२ मंसिर ९ | [email protected]

सगरमाथा राष्ट्रिय निकुञ्जमा ४ महिनामा २३ हजारभन्दा बढी पर्यटक, ५ करोड भन्दा बढी राजस्व सकंलन

२०८२ मंसिर ७, आईतवार

आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिक महिनासम्म सगरमाथा राष्ट्रिय निकुञ्जमा २३ हजार ८०५ जना पर्यटक पुगेका हुन् ।

साउन महिना २३१ जना पर्यटक पुगेका छन् । जसमा नेपाली पर्यटक ५५सार्क राष्ट्रका ३३ र विदेशी १४३ पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठले जानकारी दिनुभयो ।

भदौमा कुल १,२९७ पर्यटक पुगेका थिए जसमा नेपाली ६८, सार्क १४२ ,विदेशी १,०८७ पर्यटक पुगेका थिए । असोज महिनामा कुल ९,४७७ पर्यटक पुगेका थिए जसमा नेपाली १,२९१, सार्क ८१४ ,विदेशी ७,३७२, रहेका निकुञ्जले जनाएको छ ।

कात्तिक महिनामा कुल १२,८०० पर्यटक पुगेकामा नेपालीः २,४५५, सार्कः ७९३ विदेशीः ९,५५२ जना रहेका छन् ।

चार महिनामा विदेशी पर्यटकको संख्या विशेष रूपमा उच्च देखिएको छ। यस अवधिमा निकुञ्जले तथा प्रवेश शुल्कमार्फत रु। ५१,२६४,७०१।३ ९५ करोड १२ लाख ६४ हजार ७०१ रुपैयाँ० राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख