नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा भारत जंङ्ग पाण्डे निर्वाचित भएका छन् ।
नाट्टाको शुक्रबार राति सम्पन्न मतगणनामा १८८ मत प्राप्त गरी पाण्डे निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी युबिका भण्डारीले १५८ र जिस्वाँ तुलाधरले १०६ मत प्राप्त गरेकी छन् ।
काठमाडौंको सोल्टी होटलमा शुक्रबार भएकाे नाट्टाकाे ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमिति निर्वाचनमा भारत जंङ्ग पाण्डेकाे प्यान निर्वाचित भएकाे छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सबिता के.सी भट्टराई, महासचिवमा राज कुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा सुमनलाल श्रेष्ठ,प्रकाश लाेहनी,नवीन गुरूङ,सरला सापकाेटा (अधिकारी),दिनेश मैनाली, दिपक मरासेनी, स्वस्तिका प्रधान, दीनानाथ पाण्डे निर्वाचित भएका छन् ।
यस पटकको निर्वाचनमा पर्यटन व्यवसायलाई नयाँ गति दिने, डिजिटल रूपान्तरण गर्ने र नीतिगत लबिइङ गर्ने जस्ता एजेन्डाहरू अघि सार्दै तीन प्यानल चुनावी मैदानमा रहेका थिए ।


